Monday, 15th June, 2026
वि.स.

ईन्द्रसरोवर र गढी गाउँपालिकालाई झोलुङ्गे पुलको योजना

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाका दुई स्थानिय तहलाई झोलुङ्गे पुल दिने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा ५ माघमा बसेको ६० औं बोर्ड बैठकले जिल्लाको ईन्द्रसरोवर र गढी गाउँपालिकालाई झोलुङ्गे पुल दिने निर्णय गरेको हो ।

बैठकले तत्कालिन जिल्ला विकास समिति कै पालाको ४ वटा झोलुङ्गे पुल मध्ये ईन्द्रसरोवर गाउँपालिकालाई ३ वटा र गढी गाउँपालिकालाई एक वटा झोलुङ्गे पुल दिने निर्णय गरेको जिल्ला समन्वय समितिले प्रमुख खुलालले बताए । दुई स्थानिय तहबाट माग भएर आए अनुसार बैठकले झोलुङ्गे पुल उपलब्ध गराउने निर्णय गरेको उनले बताए । 

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, सदस्यहरु गणेश कुमारी श्रेष्ठ, चित्र बहादुर बलामी, देवराज रिमाल, सिता अधिकारी, बुद्धी बहादुर मोक्तान, सानु कान्छी स्याङतान, सरिता विश्वकर्मालगायतको सहभागिता थियो ।