Monday, 15th June, 2026
वि.स.

इन्सेकद्वारा चार स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग

अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालयले मकवानपुर र चितवनको चार ओटा स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्दश्यले इन्सेक बागमती प्रदेश कार्यालय हेटौंँडाले दुई जिल्लाको चार ओटा स्थानीय तहहरुलाई थर्मल गन, पञ्जा, सेनिटाइजर, सर्जिकल मास्क सहयोग गरेको हो । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका तथा चितवनको चितवनको खैरहनी र राप्ती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । हेटौँडा उपमाहानगरपालिका उपप्रमुख मिनाकुमारी लामालाई वैशाख २५ गते इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

इन्सेकले हेटौंडा उपमहानगरपालिकालाई तीन ओटा थर्मल गन, २ सय जोर पञ्जा, २ सय जोर सर्जिकल माक्स र दुई लिटर स्यानिटाइजर सहयोग गरिएको प्रदेश संयोजक गौतमले बताए । हेटौंडा उपमहानगरपालिकामा विगत एक वर्षदेखि इन्सेकको इएलपी परियोजना सञ्चालित छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सुनिश्चितताको लागि यो परियोजना सञ्चालित छ । परियोजना अन्तरगत गठित नगरस्तरीय मानव अधिकार समूहले आधारभूत स्वास्थ्य सेवा प्रदानको लागि केही स्वास्थ्य सामग्री आवश्यक भएकोले इन्सेकसँग माग गरेपछि नगरपालिकाको समन्वयमा सेवा प्रदायक निकायसम्म पुग्ने गरी  सामग्री सहयोग गरिएको बागमती प्रदेश कार्यालय हेटौँडाको प्रलेख अधिकृत सरिता दाहालले बताइन् । 

कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सुपेन्द्र कार्की, जिन्सि शाखा प्रमुख विनोद सुबेदी, हेटौँडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समूहको संयोजक चन्द्रवति पनेरू, उपसंयोज किरण लामिछाने, इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमगाईलगायतको उपस्थिती थियो ।

यसैबीच जिल्लाको मनहरी गाउँपालिकालाई पनि इन्सेकले दुई थान थर्मल गन, २ सय जोर पञ्जा, २ सय जोर सर्जिकल माक्स र दुई लिटर स्यानिटाइजर सहयोग गरिएको इन्सेक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले बताए । 

यसैगरी इन्सेक प्रदेश संयोजक कृष्ण गौतम र प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले चितवनको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीलाई सहयोग हस्तान्तरण गरेका थिउ । 

प्रत्येक नगरपालिकालाई दुई ओटा थर्मल गन, दुई सय जोर पञ्जा, सर्जिकल माक्स दुई सय थान र स्यानिटाइजर सहयोग गरिएको हो । कार्यक्रममा खैरहनी नगर उपप्रमुख सुनिता खरेल थपलिया, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, मानव अधिकार निगरानी समूह खैरहनीका संयोजक विष्णुप्रसाद बास्कोटाको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण गर्दै इन्सेक प्रदेश प्रमुख कृष्ण गौतमले आगामी दिनमा पनि सहयोगको लागि इन्सेक तयार रहेको बताउनु भयो । खैरहनी नगर प्रमुख लालमणी चौधरीले इन्सेकले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै नगरपालिका र इन्सेक बीच समन्वयात्मक ढङ्गले काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । 

राप्ती नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख प्रभा बराल, नगर उपप्रमुख ईमान सिं लामा, नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक राममणी सिलवाल, मानव अधिकार निगरानी समूह राप्तीका संयोजक चन्द्रदेवि तामाङ, उप संयोजक मित्र पोखरेललगायतको उपस्थिति रहेको थियो । नगर प्रमुख बरालले इन्सेकसँगको सहयात्रा निकै लामो रहेको अनुभवलाई साझा गर्दै सहयोगको काम  प्रशंसनीय रहेको बताए । 

इन्सेकको ईलपी परियोजना चितवनको खैरहनी र राप्ती नगरपालिकामा सञ्चालित छ । जिल्लाको दुई नगरपालिका भित्र शिक्षा,स्वास्थ्य, खाद्य  र आवासको विषयमा इन्सेकले जिम्मेवार निकायलाई जवाफदेहि बनाउन सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । इएलपी परियोजना अन्र्तगत रहेर नै नगरस्तरीय मानवअधिकार समूह गठन गरीएको छ । 
((
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०