Friday, 11th September, 2026
वि.स.

इन्धनको मूल्यवृद्धि फिर्ता भयो

download-1509598199.jpg

पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको निर्णय फिर्ता भएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पाकाउने ग्यासमा मूल्य बढाएको निगमले आजदेखि पुरानै मूल्य कायम राख्ने निर्णय गरेको हो। निर्वाचनको मुखमा पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि आज बिहान बसेको निगम सञ्चालक समितिको बैठकले दश बजेदेखि लागू हुनेगरी बढेको मूल्य फिर्ता लिइ पुरानै मूल्यमा कारोबार गर्ने निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

भारतीय आयल करपोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार मूल्य समायोजन गर्दै आएको निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको थियो। 

अब फेरि खाना पकाउने ग्यासको मूल्य एक सिलिन्डरको १३ सय २५, पेट्रोल लिटरको ९८, डिजेल र मट्टितेलको मूल्य ७४ रुपैयाँमा उपभोक्ताले किन्न पाउने छन्।