nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर ४ मा स्याङ्दान अध्यक्ष
काँग्रेस माओवादी परित्याग गरी दर्जनौ एमालेमा प्रवेश

download-1491534728.jpg

नेकपा एमाले गाउँ कमिटि ईन्द्रसरोवर गाउँपालिका वडा नंम्बर ४ को संयोजकमा धन विर स्याङतान चयन भएको छन् । सांसद सुवास चन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा भएको भेलाले वडा कमिटी गठन गरेको हो । २४ चैत्रमा भएको पार्टीको भेलाले संयोजकमा स्याङतान र सह संयोजक पुस्कल गोले सागर सहित ४१ सदस्यीय वडा कमिटिको गठन गरेको हो । 

त्यसैगरि भेलाले लक्ष्मी कुमारी रुम्बाको अध्यक्षतामा २५ सदस्यीय नेकपा एमाले भातृ संगठन अखिल नेपाल महिला संघ वडा ४ को कमिटि गठन गरेको छ । सह संयोजकमा भने रेशम कुमारी घिसिङ, चयन हुनु भएको छ । युवा संघको अध्यक्षमा भने समोलाल थोकर चयन भएकाछन् । ३५ सदस्यीय कमिटिको सह संयोजकमा सुवास रुम्बा चयन भएकाछन् । कमिटिहरुले नजिकिदै गरेको स्थानिय चुनाबलाई शान्तिपूर्ण तथा निष्पक्ष ढङ्गबाट सम्पन्न गर्न सहयोग गर्ने जनाइएको छ । 

पुस्कल गोलेले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका कमिटि संयोजक डिके पुडासैनी, धन विर स्याङतान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमबाट नेकपा माओवादी, नेपाली कांग्रेस लगायत पार्टी परित्याग गरि दर्जनौ व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेको छन् ।