Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर गाउँपालिका स्तरीय सामुदायिक प्रहरी समिति गठन
अध्यक्षमा लामा

प्रहरी प्रधान कार्यालयको आयोजनामा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गाउँपालिका स्तरीय सामुदायिक प्रहरी समन्वय समिती गठन भएको छ । सोमबार सम्पन्न "समुदाय प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत इन्द्रसरोवर गाउँपालिका स्तरीय समन्वय समिती गठन भएको हो । कार्यक्रमले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको संयोजकत्वमा १८ सदस्यीय समन्वय समिती गठन गरेको छ । समितिको सह-संयोजकमा इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा र ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सन्त कुमार लामा, सचिबमा वडा नं २ का वडाध्यक्ष राजुमान महर्जन, सहसचिवमा प्रहरी चौकी सिस्नेरीका प्र.ना.नि. राजेन्द्र बहादुर आले चयन भएका छन् ।
यस्तै गरि इन्द्रसरोवर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र भण्डारी, नागरिक समाजका अगुवाहरु देवकृष्ण पुडासैनी, धिरज लामा, कृष्ण प्रसाद पुरी, कुल बहादुर के.बी. राजु लामा, ज्ञानीमाया स्याङ्तान, इन्द्रसरोवर युवा क्लबको मणीराज थापा, रेडियो इन्द्रसरोवरको पुस्कल गोले सागर, विद्यालय अभिभावक सन्तोष वाणियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण लामा, इन्द्रसरोवर गाउँपालिकाका स्वास्थ्य संयोजक प्रवेश पौडेल, महिला तथा बालबालिका संयोजक बसन्त खनाल लगायतको सदस्यतामा १८ सदस्यीय गाउँपालिका स्तरीय प्रहरी सामुदायिक समन्वय समिती गठन  गरिएको हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।