nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा संविधान कार्यान्वयनमा एमालेको जनपरिचालन, माओवादी उपाध्यक्ष सहित दर्जनौ एमालेमा प्रवेश

मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिका वडा नंबर २ मा नेकपा एमालेको संबिधान कार्यान्वयनका लागि जन परिचालन अभियान अन्तरगतको अगुवा कार्यकर्ता भेला कार्यक्रम २६ मंसीरमा सम्पन्न भएको छ । नेकपा एमाले मकवानपुर क्षेत्र नं २ का उपाध्यक्ष एवम् अभियान टोली संयोजक जीवन लामाको सभाध्यक्षता एवम ब्यवस्थापिका संसदका सांसद सुबासचन्द्र ठकुरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

पार्टीमा आस्था राख्ने तथा पार्टी संगठनमा आबद्ध सदस्यहरुलाई पार्टीको चारमहिने अभियानका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा अभियान टोली प्रमुख एवम नेकपा एमाले जिल्ला निर्वाचन कमिटी अध्यक्ष मदन दाहाल उपप्रमुख एवम मकवानपुर जिल्ला २ नं का सहइन्चार्ज  हिदम लामा, पूर्व जिल्ला कमिति सदस्य एवम् मार्खु अभियान प्रमुख डिके पुडासैनी, नेकपा एमाले जिल्ला स्थानिय विकास विभाग सदस्य एवम् फाखेल अभियान प्रमुख राजुमान महर्जन लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा कुलेखानी गाउँ कमिटीका अध्यक्ष कृष्णबहादुर भ्लोनले स्वागत मन्तव्य राखेका थिए भने नेकपा एमाले मकवानपुर जिल्ला २ नंबर क्षेत्रका सचिवालय सदस्य एवम सिस्नेरी अभियान टोलि संयोजक ऋषिराज पुडासैनीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कुलेखानी गाउँ कमिटीका उपाध्यक्ष हरिकृष्ण पुडासैनी लगायत दर्जनौं माओवादी कार्यकर्ताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेमा नेपाली काँग्रेस पाटी परित्याग गरी पनि प्रवेश गरेका छन् । पार्टी  प्रवेश गर्ने कार्यकर्ताहरुलाई कार्यक्रमका सभाध्यक्ष जीवन लामा र कार्यक्रमका प्रमुख अतिथी सुवासचन्द्र ठकुरीले अबिर माला लगाइ प्रवेश गराएका थिए । कार्यक्रममा जनपरिचालन अभियान अन्तर्गत कुलेखानीमा कार्यक्रम प्रभाबकारी सञ्चालनका लागि गठन गरिएको दुईवटा टोलीका प्रमुखहरु कृष्ण बहादुर भ्लोन र प्रताप लामालाई नेपालको  झण्डा र पार्टीको झण्डा सहित जिम्मेवारी दिइएको छ ।

-पुस्कल गोले सागर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)