Tuesday, 16th June, 2026
वि.स.

इन्द्रसरोवरमा भिरबाट खसेर एकजनाको मृत्यु

इन्द्रसरोवरमा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं. २ कुलेखानी लिपानीका ३६ वर्षिय किताब सिं घिसिङको भीरबाट लडेर मृत्यु भएको हो । असार ३१ गते बुधबार कुलेखानीबाट घरतर्फ जानेक्रममा भिरको गोरेटोबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डि.एस.पी इन्द्र बहादुर राणा मगरले जानकारी दिनुभयो । भिरको गोरेटोबाट अन्दाजी १० मिटर तल उनको शव फेला परेको थियो । घिसिङको शव पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा पठाइएको छ ।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।