Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरका बाढीपहिरो पीडितलाई कांग्रेसको सहयोग

इन्द्रसरोबर गाउँपालिकाका बाढीपहिरो पीडितलाई नेपाली कांग्रेस मकवानपुरले बिहिवार खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । 
असार मसान्तमा परेको अविरल वर्षातका कारण बाढीपहिरोको पिडामा परेको १ सय ६१ पीडित घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरको संयोजनमा राहत स्वरूप खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । 
नेपाली कांग्रेसको इन्द्रसरोबर गाउँपालिका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा राहत वितरण  भएको थियो । 
गाउँपालिकाको ५ वटै वडाका पूर्ण क्षति र आंशिक क्षति भएका १ सय ६१ घरपरिवारका पीडितहरुलाई एकबोरा चामल, त्रिपाल, दाल, नुन, तेल , सिरक डसना, लत्ताकपडा, भाडाकुडा लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)