Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरका जनप्रतिनीधि वाईवाको निधन

मकवानपुरको इन्द्रसरोवरमा वडा सदस्यको निधन भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ का वडा सदस्य शेर बहादुर वाईवाको निधन भएको इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्ष उमा कुमारी लामाले जानकारी दिइन् ।

उनका अनुसार २२ चैतसम्म वडा कार्यालयको व्यवस्थापन समितिको बैठकमा सक्रिय रुपमा उपस्थित भएको वाईवाको २३ चैत बिहान ८ बजे निधन भएको हो । वाईवाले २२ चैतमा घर पुगेर मुटु दुख्यो भन्ने वित्तिकै अचेत भएपछि भोलिपल्ट विहान निधन भएको थियो । वाईवाको हृदयघातको कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जनाइएको छ ।

उनी नेकपाका नेता हुन् ।