nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 1st May, 2024
वि.स.
1000043965-1707579226.jpg

इतिहाँस रच्ने दिन आयोः राजाराम स्याङ्तान

मकवानपुर क्षेत्र नं २ को प्रदेशसभा ख का उम्मेदवार राजाराम स्याङ्तानले इतिहाँस रच्ने बेलामा गम्भीर भूल नगर्न हाँडीखोलाका मतदातालाई आग्रह गरेका छन् । मनहरी गाउँपालिका वडा नं ३ कौगेडीदमारमा आयोजित संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले स्थिर सरकार, जनमैत्री नीति नियम र ऐन निर्माणका लागि अहिले मतदाताले भूमिका खेल्ने बेला आएको बताए । भने, ‘यत्रो बर्षसम्म नभएका कयौँ कामहरु नेपालमा भएका छन्, मुख्यतः संविधान आएको छ । यसलाई कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।’ यही कार्यान्वयनका क्रममा कम्युनिष्टहरु एक ठाउँमा आई देशको आर्थिक, सामाजिक विकासका लागि एकजुट भएको उनको भनाई थियो । 

कार्यक्रममा बोल्दै नेकपा एमाले ३ नं प्रदेश कमिटी सदस्य एबम् मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सांसदले संसदबाट नीति पास गर्ने र स्थानीय सरकारले धमाधम विकासको काम गर्ने बेला आएको बताए । आफू गाउँपालिका अध्यक्ष भई सहज ढंगले काम गर्नका लागि पनि बामगठबन्धनले नै जित्नुपर्ने उनको भनाई थियो । 

कार्यक्रममा बामगठबन्धनका रामहरि सुवेदी, मनिला बिष्टसहितका नेताहरुले सम्बोधन गरेका थिए । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीका सचिवालय सदस्य मानबहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रम माओवादी केन्द्रका गाउँपालिका संगठन सचिव सञ्जीव पाठकले गरेका थिए । 

स्याङ्तानले बुधवार दिउँसो सरिखेतको केराबारीमा आयोजित सभालाई सम्बोधन गरेका छन् भने मनहरी गाउँपालिका ८ देवकोटमा आयोजित भेलाई सम्बोधन गरेका छन् । त्यसैगरी क्रिश्चियन समुदायसँगको अन्तरक्रियालाई पनि उनले सम्बोधन गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)