nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आहुतीले खोले नयाँ कम्युनिष्ट पार्टी, जागृत रायमाझी पनि उतै

माओवादी केन्द्र परित्याग गरेका विश्वभक्त दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ । दुलालले २२ वैशाखमा विज्ञप्ति जारी गरी सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण गर्न लागिएको जानकारी दिएका छन् । वैचारिक राजनीतिक तथा सांगठनिक अभियान समितिमा रमेश सुनुवार, ध्रुव पराजुली, विदुर खरेल, धनकुमारी सुनार, नवीन रिमाल, बलराम तिमल्सिना, बन्धुविक्रम क्षेत्री, राजेश्वरी सुवेदी, जागृत रायमाझीलगायत ५१ जना रहेका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढेपछि असन्तुष्टि बनेका दुलालले माओवादी केन्द्र छाडेका थिए ।