nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आफ्नै घरमा आगो लगाउनेबाट बिकास असंभव : उम्मेदवार बर्तौला

mahesh-1667212148.jpg

मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेशकुमार बर्तौलाले एक थान मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको बिकास संभव नभएको बताएका छन् ।

मकवानपुरको कैलाश गाउँपालिका ५, गोगनेमा आज १४ कार्तिकमा कार्यकर्ता भेटघाट् कार्यक्रमलाई संबोधन गर्दै उनले मन्त्री पाउनका लागि जे पनि गर्ने र कामै नगर्नेबाट फेरि पनि आस गर्न नसकिने बताए । कैलाश क्षेत्रमा आज पनि माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा बर्षाका कारण समस्या रहेको बताउँदै उनले पालिकास्तरीय एक आवसिय विद्यलय निर्माण गर्ने उनले बताए ।

उनले आफू एक थान सांसदको फुली लगाउन हैन, जनताको सेवा गर्न उम्मेदवार बनेर नागरिकको घरदैलोमा आइपुगेको बताए । घर्तिखोलाबाट डाँडाबास हुँदै डाँडाखर्क भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफूले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । यही सडक खण्डको गोगने कालिकाटार खण्ड जोड्ने सडक पनि सतरोन्नती गर्ने उनले बताए ।

कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नबर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले एमालेले यो निर्वाचन जितेपछी अहिले पाउदै गरेको ४ हजार सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पुर्याउने बताए । आफूले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न भूमिका खेल्ने उनले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)