nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आन्तरिक पार्टी सुदृढीकरणका लागि मेरो उमेदवारी : भरत गोपाली

bharat-gopali-1631204661.jpg

नेपाली काँग्रेसको आसन्न थाहा नगर अधिवेशनमा सभापतिको उमेदवारी घोषणा गरेका  नेपाली काँग्रेसको वर्तमान नगर उपसभापति भरत गोपालीले आन्तरिक पार्टी सुदृढीकरणका लागि आफ्नो उमेदवारी रहेको बताएका छन् । 

आगामी २७  भदौमा हुने नेपाली काँग्रेसको नगर अधिवेशनमा गोपालीले सभापति पदमा उमेदवारी दिँदैछन् । २०४६ सालदेखि नै काँग्रेस राजनीतिको तल्लो तहदेखि सक्रिय गोपाली सदैब काँग्रेसको झण्डालाई उचाइमा पु¥याउन लागेका कार्यकर्ता हुन् ।

तत्कालीन गाविसदेखि नै नेपाली काँग्रेस पहिलो पार्टी हुन नसकेको थाहा नगरपालिकामा काँग्रेसलाई नेतृत्वदायी पार्टी बनाउन आफ्नो उमेदवारी रहेको गोपालीको भनाइ रहेको छ । सदस्यहरुको आन्तरिक सुदृढीकरण र समाजिक अगुवाइहरुबाट काँग्रेसलाई थाहानगरमा मुख्य दलको रुपमा स्थापित गर्न सकिनेमा उनको जोड रहेको छ । थाहा टाइमससँग कुरा गर्दै गोपालीले नयाँ सोचसहितको नेतृत्वको लागि आफ्नो उमेदवारी रहेको बताए । 

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका गोपाली पछिल्लो समय युवा माझ लोकप्रिय मानिन्छन् । अघिल्लो नगर अधिवेशनमा सभापतिको उम्मेदवारी दिएका गोपालीले अधिवेशनलाई निर्वाचनमा लैजान नहुने बताउँदै उपसभापतिमा चित्त बुझाएका थिए । 

नेपाल किसान संघ जिल्ला समितिको सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका गोपाली समाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । लायन्स क्लव अफ धादिङ पिस खानीखोलाको अध्यक्ष, पालुङ जेसीजको अध्यक्ष, थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष, पालुङ बहुमुखी क्याम्पस संचालक समितिका सदस्य, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था पालुङ केन्द्रका संयोजक, पालुङ भ्याली हार्ट एकडेमीका संचालक अध्यक्षलगायत गोपाली विभिन्न सामाजिक भूमिकामा सक्रिय रहेका व्यक्तित्व हुन् । गोपाली थाहानगरमा स्थापित व्यवसायीसमेत हुन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)