nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आधुनिक आरण सम्बन्धी सामग्री सहयोग

थाहा नगरपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत ५ लाख २० हजार रुपियाबाट नगरका २१ जना दलित समुदायका परिवारलाई आधुनिक आरण सम्बन्धीसामग्री प्रदान गरिएको छ । 

थाहानगरका सबै वडाहरुलाई समेटेर आधुनिक आरणसम्बन्धी सामग्री प्रदान गरिएको समितिकी संयोजक सोनिया सुनारले जानकारी दिइन् । परम्परागत आरणलाई विस्थापित गरी आधुनिक आरणको उपयोगबाट जीवीकोपार्जनमा सहयोग पु¥याउन आधुनिक आरण सामग्री प्रदान गरिएको जमिन दियालीले बताए । 

६ चैत्रमा एक कार्यक्रमका बीच थाहा नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष राजेश केसी र वडा नं। ४ का वडा अध्यक्ष दिपक सिं लामाले छनोटमा परेका दलित समुदायका व्यक्तिहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)