Wednesday, 26th August, 2026
वि.स.

आधुनिक आरण सम्बन्धी सामग्री सहयोग

थाहा नगरपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत ५ लाख २० हजार रुपियाबाट नगरका २१ जना दलित समुदायका परिवारलाई आधुनिक आरण सम्बन्धीसामग्री प्रदान गरिएको छ । 

थाहानगरका सबै वडाहरुलाई समेटेर आधुनिक आरणसम्बन्धी सामग्री प्रदान गरिएको समितिकी संयोजक सोनिया सुनारले जानकारी दिइन् । परम्परागत आरणलाई विस्थापित गरी आधुनिक आरणको उपयोगबाट जीवीकोपार्जनमा सहयोग पु¥याउन आधुनिक आरण सामग्री प्रदान गरिएको जमिन दियालीले बताए । 

६ चैत्रमा एक कार्यक्रमका बीच थाहा नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष राजेश केसी र वडा नं। ४ का वडा अध्यक्ष दिपक सिं लामाले छनोटमा परेका दलित समुदायका व्यक्तिहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif