nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

"संविधान दिवसमा" सुनसान बन्यो थाहानगर
आज नेपालको संविधान २०७२ जारी भएको दिन

Day-Special-1474219806-1474267876.jpg

प्रथम संविधान दिवसको अवसरमा थाहानगरमा हुनै पनि कार्यक्रम हुन सकेन । यहाँ क्रियाशील राजनीतिकदल तथा संघसंस्थाले कुनैपनि औपचारिक कार्यक्रम नगरेका हुन् । नेपाल सरकारले ३ असोजलाई संविधान जारी भएको दिनको सम्झना स्वरुप सार्वजनिक विदा समेत दिएको थियो । थाहानगर र उत्तरी मकवानपुरका सरकारी र गैरसरकारी संस्थाले विदा बसेरै यो दिवस मनाएकाछन् ।  
यसैबीच मकवानपुरको सदरमुकाम हेटौंडामा भने प्रभातफेरी तथा प्रवचन कार्यक्रम भएको छ । जिल्ला विकास समिती मकवानपुरको सहकार्यमा ३ असोज विहान हेटौँडाको पल्पसा हलबाट सुरु भएको प्रभातफेरी बुद्धचौक हुँदै कान्तिराजपथ, संगमचौक, मानसचौक हुँदै जिल्ला विकास समितिमा पुगेर प्रवचन कार्यक्रम भएको थियो ।
कार्यक्रममा सांसद तथा नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बाँनीया, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्रका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा नेपालका मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने सहित मकवानपुरका विभिन्न संघसस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाको अध्यक्षतामा भएको थियो ।