Tuesday, 16th June, 2026
वि.स.

असार १ देखि पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आग्रह

 विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्न संघ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ ।

१८ जेठमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध विद्यालय तहको पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्न आग्रह गरेका हुन् ।

‘लामो समयसम्म अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठनपाठन सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका–२०७७ जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस सन्दर्भमा सो निर्देशिकालाई यही २०७७ असार १ गतेबाट कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछु । ’

साथै, विद्यालय स्तरको स्थगित परीक्षाबारे कोरोना भाइरस महामारीलाई मध्यजन गर्दै निकट भविष्यमा निर्णय गरिने मन्त्री पोखरेलले बताएका छन् । उच्च शिक्षाको पठपाठन र परीक्षाको सम्बन्धन विश्वविद्यलाय अनुदान अयोगको अध्यक्षको नेतृत्वका एक कार्यदलले काम जानकारी दिएका छन् ।

यस्तै, शैक्षिक संस्था पुनः सञ्चालनबारे कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारि र नेपाल सरकारको निर्णयअनसार हुने जनाइएको छ ।