Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अलपत्र परेका मजदुरको निरन्तर उद्धार: मन्त्री जम्कट्टेल

salikram-1587386027.jpg

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण अलपत्र परेका मजदुरको निरन्तर उद्धार भइरहेको जनाएका छन् ।  

आफू मजदुरको पक्षमा लडेको र निरन्तर लडिरहने जनाउँदै उनले अनेकन बाधाका बीच पनि मजदुरको व्यवस्थापनमा रातदिन नभनी जुट्दा समेत केही सञ्चारमाध्यमले आफूलाई सुविधाभोगीको बिल्ला भिराउन खोजेकामा चिन्ता प्रकट गरे  । उनले  प्रदेश सरकारले निर्णय नै गरेर अलपत्र यात्रुहरुको उद्धार गर्ने काम गरिरहेको सन्दर्भमा  गलत सोच राखेर जनतामा भ्रम सिर्जना नगर्न आग्रह गरे ।

उनले आफूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गत चैत १८ गतेदेखि उपत्यका छाडेर हिड्न थालेका मजदुरलाई नरोक्न र गन्तव्यमा लान सघाउन  निर्देशन दिएको र कतिपय अवस्थामा सवारी साधनको व्यवस्था नै गरेर मजदुरलाई प्रदेशको सिमासम्म पु¥याएको उल्लेख गरे ।

मन्त्री जम्कट्टेलले आफू खेतीपातीको समय भएकाले मजदुरहरु आ–आफ्नो घर फर्कनै पर्छ र उनीहरुलाई फर्काउन सरकारले पहल गर्नै पर्छ भन्ने पक्षमा रहेको बताए । ‘सरकारकै योजनाअनुसार प्रदेशका मुख्यमन्त्री स्वयम् स्थलमा जानुभएको छ, म पनि स्थलमै छु, सरकारका सबै निकाय, स्थानीय तह सबै लागेका छन्, कसैलाई भ्रम नहोस्’ मन्त्री जम्कट्टेलले भने ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०