Monday, 15th June, 2026
वि.स.

अर्को एक जनामा कोरोना संक्रमण

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार थप एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।  मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा पोजिटिभ देखिएको हो।

सोमबार उदयपुरको भुल्के क्षेत्रबाट २५१ जनाको थ्रोट स्वाब लिएर नेपाली सेनाको चिकित्सक टोली काठमाडौं आएको थियो । उदयपुरको भुल्केस्थित मस्जिद वरपरबाट लिइएको ६९ जनाको नमुनाको कोशी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ८ जनामा पोजिटिभ भएको शंका लागेपछि थप यकिन गर्न उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

यसअघि उदयपुरको भुल्केमा ११ भारतीय र २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि बस्तीका बासिन्दाको पनि स्वाब संकलन र परीक्षण गरिएको हो । उदयपुरबाट संकलन गरिएका केही व्यक्तिका कोरोना संक्रमणको आशंका गरिएपछि धरान र विराटनगरमा पीसीआर परीक्षण गरिँदैछ ।

त्यस्तै मंगलबारसम्म देशभरी आरडीटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ । हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको छ । त्यसैगरी अहिलेसम्म विभिन्न आइसोलेसनमा १०७ जना रहेका छन् । काठमाडौंमा ६ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०