nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अभिमानको बनकी चरी बनिन् मन्दिला

मकवानपुरबाट कलाकारिता क्षेत्रमा उदाएका प्रतिभाशाली मोडलः अभिमान शंकरको नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । चर्चित गायक बिनय केटुको स्वर रहेको ‘बनकी चरी..’ गीत सार्वजनिक भएको हो ।

छोटो समयमा नै ‘बनकी चरी’ गीतले चर्चा कमाएको छ । कलाकारिता क्षेत्रमा सम्भावना भएका मोडल शंकरले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफूलाई उतारिसकेका छन् । उक्त भिडियोमा एक साधारण केटोले एक धनी केटीलाई मन पराएको र केटीको तारिफ गरेको देख्न पाइन्छ गीतमा सफा मनले लगाएको माया जहिले पनि सफल हुन्छ भन्ने निर्देशक आदित्य राज रानाले भिडियोमा देखाएका छन् ।

दिनेश सुवेदीको शब्द, गायक विनय केटुको स्वर र संगीत रहेको म्युजिक भिडियोमा अभिमान शंकर, मन्दिला श्रेष्ठ र सुर्य शंकरको अभिनय रहेको छ भने भिडियोको सम्पादन र छायांकन निर्देशक आदित्य राज राना स्वयम्ले नै गरेका हुन् । भिडियोलाई संग्स नेपालले सार्वजनिक गरेको हो ।