Friday, 4th September, 2026
वि.स.

अब बन्ने ऐन सहकारीमैत्री हुने–मन्त्री थानी

सहकारी तथा गरिवि निवारण मन्त्री हृदयराम थानीले सरकारले निर्माण गर्न लागेको सहकारी ऐनको विषयमा अनावश्यक शंका उपशंकाहरु भएको बताउँदै मन्त्री थानीले सहकारी ऐन सहकारी मैत्री हुने बताए । 

सहकारी ऐन निरङ्कुश नहुने उल्लेख गरे । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २३ औँ वार्षिक साधरणसभालाई ३० मंसीरमा हेटौँडामा संवोधन गर्दै मन्त्री थानीले नेपाल दुग्ध ब्यवसायबाट निर्भर बन्न सक्ने बताए । 

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य, सांसद तथा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाँईले एमालेको तर्फबाट कृषिजन्य सम्पूर्ण उद्योगलाई कर छुटको लागि सरकारलाई आग्रह गरेको बताए । नेपालमा दुग्ध ब्यवसाय फष्टाउनको लागि राज्यले सहज निति अबलम्बन गर्नुपर्ने बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif