Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अबको प्राथमिकता रोजगार र उत्पादनःमुख्यमन्त्री पौडेल

IMG_0696-1587473320.JPG

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ९ वैशाखमा धादिङ, दोलखा, रसुवा र काभ्रेपलान्चोक जिल्लाका स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स गर्नुभएको छ । कन्फ्रेन्समा उहाँले अब रोजगार र उत्पादन क्षेत्र प्राथमिकतामा पर्ने बताए । मुख्यमन्त्री पौडेलले भने–“हिजोको प्राथमिकता पुर्वाधारमा थियो, सडकमा थियो,  पुलमा थियो अब रोजगार र उत्पादनको कुरा प्राथमिकतामा हुन्छ ।“उत्पादनको आधार कृषि क्षेत्र भएकोले वास्तविक किसानले अनुदानमा बिउबिजन, मललगायतका सामग्री उपलब्ध गराईने बताए । मुख्यमन्त्री पौडेलले भने–“ १५ देखि २० लाख युवा अब बिदेश बाट फर्कन्छन, उनीहरुलाई पनि रोजगार दिनुपर्छ ।“

अहिलेको अवस्थामा स्थानीय तहको काम गर्व गर्न लायक रहेको भन्दै कोरोना सङ्क्रमण रोकथाम नियन्त्रणको प्रयासको प्रशंसा गरे । अहिले संघीय सरकारको, प्रदेश सरकारको बजेट कुर्नु नपर्ने भन्दै स्थानीय तहसंग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न सकिने बताए । जुन ठाउँको स्रोत र साधन प्रयोग गरेपनि राज्यकै हितको लागि प्रयोग हुने उनले जानकारी दिए । ज्यालादारी गर्न नपाएर खान समस्या हुनेलाई राहतका लागि प्राथमिकतामा राख्न उनले आग्रह गरे । राहत बितरणमा प्रतिस्पर्धा गर्ने बिकृति देखिएको भन्दै बितरण प्रणालीलाई ब्यबस्थापन गरेर एकद्वार बनाउन निर्देशन दिए । उनले भने,–“कोरोना सङ्गै भोक सङ्ग पनि लड्नु पर्ने हुन सक्छ त्यसैले राहत दिन जरुरी छ तर यसलाई ब्यबस्थापन गरौ ।”
स्थानिय तहले बाहिरी देशबाट आउने व्यक्ति, उनीहरुसंग संसर्ग भएका ब्यक्ति पत्ता लगाउने काम जारी राख्न आग्रह गर्दै स्वास्थ्य परिक्षणका लागि तयारी हालतमा रहनु पर्ने बताए ।

महामारीले दुख, समस्या ल्याउने भन्दै स्वास्थ्य सामग्री, खाद्य सामग्री पुर्याउन आबश्यक व्यबस्था सरकारले मिलाउने  बताए । उहँँले भन्नुभयो –“हामी सबै मिलेर कोरोनालाई पराजित गर्न सक्छौ, एकजुट हौं, मिलौ, हातेमालो गरौ, आत्मबिश्वास, आत्मबल बलियो पारौं ।” तत्कालका समयमा पैदलयात्रीहरुलाई खानाको ब्यबस्था गरी गन्तब्यतर्फ पठाउन सहजीकरण गर्न समेत उनले आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले ९ वैशाखमै काभ्रेको धुलीखेल नगरपालिका, रामेछापको खाँडादेबी गाउँपालिका, धादिङको निलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङबो गाउँपालिकाा, दोलखाको शैलुङ गाउँपालिका र जिरी नगरपालिकाका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गरेका हुन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०