nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पालुङ क्याम्पसमा वक्तृत्वकला

मकवानपुर थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा १ सय ११औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता भएको छ । 

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने  मुल नारा विषयक वक्तृत्वकला भएको हो । क्याम्पसको प्राङ्गण खेल्पुडाँडामा भएको प्रतियोगितामा क्याम्पसमा अध्यनरत  ब्यबस्थापन संकायकी छात्रा अनुशा प्रधान प्रथम भइन् । त्यस्तै ब्यबस्थापन संकायकै छात्रा दिपिका केसी द्वितीय र मानवीकी संकायका नवीन थापा र बिजय कुमार बिष्ट तृतीय भए । विजेताहरुलाई स्टेशनरी सामाग्री पुरस्कार दिइएको थियो । 

क्याम्पस प्रमुख रामहरि अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको निर्णायक क्याम्पसका प्राध्यापक हरिकृष्ण कार्कीले थिए । सो अवसरमा विद्यार्थी सुरज तामाङले नृत्य गरी मनोरञ्जन प्रदान गरेका थिए । पालुङ क्याम्पसले यो संगै विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रम सहायक क्याम्पस प्रमुख राजन मिश्रको सभाध्यक्षतामा भएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)