nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी युनियनले जारी गर्यो संयुक्त घोषणा पत्र 

Ghosana-patra-1488189049.jpg

पालुङ बहुमुखी क्याम्पसमा १८ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उमेद्वारी दिएको अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त घोषणा पत्र जारी गरेको छ । संयूक्त प्यानलले १९ बुँदे घोषणापत्र जारी गरेको हो । स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट पालुङ बहुमुखी क्याम्पसलाई हाम्रो क्याम्पस, राम्रो क्याम्पस बनाउनमा केन्द्रित भएको घोषणा पत्रमा उल्लेख छ । विद्यार्थीहरुको हकहितको पक्षमा आफ्नो कार्यकाललाई केन्द्रीत गर्ने जनाउँदै क्याम्पसमा विद्यमान समस्याहरुको समाधानका लागि क्याम्पस प्रशासन तथा व्यवस्थापनसँग सहकार्य गर्ने वा स्ववियु स्वयंले पूर्णता गर्न प्रतिवद्धता समेत घोषणापत्र मार्फत व्यक्त गरिएको छ ।

घोषणा पत्रमा पालुङ बहुमुखी क्याम्पसको नियमित पठनपाठनको व्यवस्थापनलाई चुस्त बनाउने उल्लेख गरिएको छ । कुनै पनि राजनीतिक दल तथा निकायहरुबाट आव्हान हुने बन्द, हड्ताल तथा चक डाउन जस्ता कार्यक्रमहरुबाट पठनपाठन प्रभावित नगराउन क्याम्पसमा रहेका सबै संगठनहरुको साझा सहमतिमा बन्द हड्ताल निषेध गर्ने, पुस्तकालयको राम्रो व्यवस्था गर्न क्याम्पस प्रशासन, बाह्य निकायहरुसँग सहकार्य गरी व्यवस्थित पुस्तकालयको व्यवस्था गर्ने, ई—लाइब्रेरीको व्यवस्थापनका लागि क्याम्पस प्रशासन तथा व्यवस्थापन समक्ष माग गर्ने, अन्यत्र सहयोगी संस्थाको खोजी गरी व्यवस्थापन गर्ने, क्याम्पसमा कम्पाउण्ड निर्माण गर्न माग गरी क्याम्पस हातालाई सुरक्षित बनाउन पहल गर्ने उल्लेख गरिएको छ ।

संयूक्त रुपमा जारी भएको घोषणा पत्रमा गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि १० प्रतिशत छात्रवृत्ति अनिवार्य गराउन पहल गर्ने, भूकम्पले क्षति पु¥याएको भवनमा पठनपाठन भइरहेको सन्दर्भमा सो भवनको उचित मर्मतसम्भारको लागि क्याम्पस व्यवस्थापनको ध्यान केन्द्रीत गर्ने, बज्रबाराही तथा चित्लाङका विद्यार्थीहरुलाई यातायातको सुविधा नहुँदा भइरहेको क्याम्पसको समस्यालाई ध्यानमा राख्दै यातायातको व्यवस्थाका लागि आवश्यक पहल गर्ने, क्याम्पसमा हाल आट्र्स र कमर्श संकायको मात्रै पठनपाठन हुँदा विद्यार्थीहरुले अन्य संकायको अध्ययन गर्न नपाइरहेको सन्दर्भमा संकाय थपको व्यवस्था गर्न माग गर्ने लेखिएको छ ।

त्यस्तै क्याम्पस हाताभित्र अभिभावकहरुसँग नियमित अन्र्तक्रियाको आयोजना गरी क्याम्पसको स्तरोन्नति तथा गुणस्तर अभिवृद्धिका लागि पहल गर्ने, क्याम्पसमा छात्राको संख्या अधिक रहेको भएपनि छात्रामैत्री शौचालय नभएको हुँदा तत्काल छात्रामैत्री शौचालयको व्यवस्था गर्न माग गर्ने, पालुङ बाहिरका विद्यार्थीहरुलाई आवासमा समस्या देखिएको हुँदा बाहिरका विद्यार्थीहरुका लागि आवासीय व्यवस्थापनमा क्याम्पस प्रशासनको ध्यान केन्द्रीत गर्ने, हेटौंडामा परीक्षा केन्द्र हुने भएको हुँदा आम विद्यार्थीहरुलाई परिरहेको समस्यालाई ध्यानमा राख्दै त्यसको सहजीकरणका लागि स्ववियु तथा क्याम्पस प्रशासनले सहयोग पु¥याउने, हालको शुल्क दर क्याम्पस प्रशासनले मनपरी ढंगले कायम गरेको हुँदा सो शुल्क दरलाई घटाउने तथा सुविधा थप गर्न पहल गर्ने, विद्यार्थी परिचय पत्रबाट यातायातमा पाउनु पर्ने छुट सुविधाबाट अहिले पनि विद्यार्थीहरु बञ्चित भइरहेको सन्दर्भमा सबै विद्यार्थी संगठनहरुसँग समन्वय गरी सुविधा उपभोगको व्यवस्था गर्ने, पुस्तकालय धरौटी रकम पुस्तक फिर्ता गरिएसँग फिर्ता गरिनु पर्नेमा हालसम्म सो रकम फिर्ता नगरिएको हुँदा अबिलम्ब फिर्ताको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणा पत्रमा क्याम्पसमा खेलकुद तथा अतिरिक्त कृयाकलापको व्यवस्थापन गराउने, विहानको कक्षामा अनिवार्य बत्तिको व्यवस्था हुनु पर्नेमा विद्युत अवरुद्धका समयमा कक्षा सञ्चालन हुन नसकिरहेको हुँदा विद्युतको बैकल्पिक व्यवस्था गरी नियमित कक्षा सञ्चालनको अवस्था सिर्जना गराउने, क्याम्पस हाताभित्र स्ववियुको आफ्नै कार्यालय स्थापना गरी विद्यार्थीहरुको समस्या समाधानका लागि हेल्प डेक्सको स्थापना गर्ने समेत उल्लेख गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयको निर्वाचन कार्यक्रम अनुसार आगामी २०७३ साल फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा फागुन १४ गते नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नयाँ शक्ति पार्टी नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियनआवद्ध विद्यार्थीहरुको संयुक्त भेला बसी भेलाबाट सर्वसम्मत् रुपमा उक्त निर्वाचनमा संयुक्त प्यानलको रुपमा उमेदवारी दिने घोषणा गरेको थियो ।  उक्त प्यानलका सम्पूर्ण उमेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन हामी दुबै संगठन आम विद्यार्थीहरुमा हार्दिक अपिल समेत गरिएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)