nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अनेरास्वबियु क्रान्तिकारीको प्रथम नगर सम्मेलन सम्पन्न

30703699_2040780129475816-1523871335.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा अनेरास्ववियु क्रान्तिकारी संगठनको प्रथम नगर सम्मेलन २०७४ सम्पन्न भएको छ । “समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठनका लागी थाहा नगरको प्रथम सम्मेलन“ भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले पहिलो नगर सम्मेलन सम्पन्न गरेको हो । संगठनले सम्पुर्ण बामपंथी प्रगतिशील देशभक्त तथा जनतान्त्रिक बिद्यार्थीहरु एकजुट होऔ भन्दै संचालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न बिद्यालयमा अध्ययनरत बिध्यार्थीहरुको सहभागीता रहेको थियो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( क्रान्तिकारी )का केन्द्रीय उपाध्यक्ष टिलकराज भण्डारीको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( क्रान्तिकारी ) थाहा नगरका अध्यक्ष दिपेन्द्र दियालीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी टिलकराज भण्डारीले समाजबादी शिक्षाको लागी निजि बिध्यालयहरुलाइ नियमन र नियन्त्रण गर्ने र सार्बजनिक शिक्षामा लगानी गर्न प्रेरित गर्ने अभियानमा आफुहरु लागेको बताए । सरकारी बिध्यालयबाट निजि शिक्षाको अन्त्यको लागी सबैले साथ दिएर लाग्नु पर्ने बताउदै निजि बिद्यालयहरुलाई नियमन गर्न क्रान्तिकारी अनेरास्ववियुले नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाउने बताए । 
कार्यक्रममा बोल्दै नगरप्रमुख बिष्टले घर बलियो हुनको लागी घरको जग बलियो हुनु पर्छ भने झै कुनै पनि राजनीतिक दल बलियो हुनका लागी बिध्यार्थी संगठन एकदमै बलियो हुनु पर्ने बताए । उनले देशमा चहेको शासन ब्यवस्था ल्याउन, निति नियम बनाउनको लागी सबैभन्दा बिध्यार्थी संगठन बलियो हुनुपर्ने र त्यसको निम्ती प्रथम नगर सम्मेलन महत्त्वपुर्ण भएको बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्ट, नेकपा माओवादी थाहा नगर इन्चार्ज बिष्णु बिष्ट, निर्वाचन आयोग प्रमुख झबिलाल श्रेष्ठ, पुर्वाञ्चल बिश्वबिद्धालय उपत्यका जिल्ला संयोजक टोपेन्द्र खड्का, पुर्वाञ्चल बिश्वबिद्धालय उपत्यका जिल्ला सह(संयोजक शिक्षा पाण्डे, निर्वाचन आयोग सदस्य रेग थापा, नेकपा माओवादी थाहा नगर कमिटीका अध्यक्ष अरुण रायमाझी, बिनोद लामा, वडा नं ३ का वडाध्यक्ष राजेश केसी, वडा नं ७ का वडाध्यक्ष सनम सिं मोक्तान, महिला सदस्य कबिता कार्की, थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तान, पालुङ बहुमुखी क्याम्पसका स्वबियु सभापति मुकेश गोले तथा बिभिन्न सन्चारमाध्यमका पत्रकारहरुको आतिथ्यता रहेको थियो । 
नगर सम्मेलनले दिपेन्द्र दियालीको अध्यक्षता तथा रिस्ता खत्री इन्चार्ज रहने गरि ७ सदस्यीय कार्यसमिती तथा ३७ सदस्यीय समिती बनाएको छ । कार्यसमितिमा उपाध्यक्ष कुशुम गोपाली र सुजाता बिष्ट, सचिबमा बिशाल केसी, सह सचिबमा भुपेन्द्र गोपाली र कोषाध्यक्षमा भुमिका बस्नेत चयन भएका छन ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।