Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

अनलाइनबाटै सवारी सञ्चालनका लागि ई–पास पाइने

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) को समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था सुरु गरिएको छ ।

गृह मन्त्रालयले गरेकाे कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।

ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए ।

यो प्रणाली २ वैशाखदेखि सुरु हुनेछ । मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दापनि प्राप्त प्रमाणको आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनको लागि ई–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg