Monday, 15th June, 2026
वि.स.

अनलाइनबाटै सवारी सञ्चालनका लागि ई–पास पाइने

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) को समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था सुरु गरिएको छ ।

गृह मन्त्रालयले गरेकाे कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।

ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए ।

यो प्रणाली २ वैशाखदेखि सुरु हुनेछ । मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दापनि प्राप्त प्रमाणको आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनको लागि ई–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०