Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

prachanda-1608028487.jpg

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्नु पर्ने बताएका छन्।

संसद बैठक बोलाउनु पर्ने समयमा अध्यादेश जारी गर्नु गलत भएको उनले बताए। ‘दलहरुले संसद बैठक बोलाउन भनिरहेका बेला सरकारबाट अध्यादेश आउनु बदनियतपूर्ण छ,’ उनले भने, ‘अध्यादेश खारेज गर्नुपर्छ।’

बहुम सदस्यको उपसथितिमा बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश आज नै जारी गरेकी हुन्।

अध्यादेश अनुसार परिषदका अध्यक्षसमेत रहने प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधी उपस्थित भएमा बैठकको कोरम पुग्ने छ। यस अघि प्रधानमन्त्रीसहित ५ जना उस्थित भएमा मात्र कोरम पुग्ने व्यवस्था थियो।

आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा नभएपछि बैठक साँझ ५ बजेलाई सारिएको थियो। लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न सकेको छैन।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०