nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अधिकार बिकेन्द्रिकरण होइन हस्तान्तरण हो : नेता पोखरेल

नेकपा माओवादी (केन्द्र) ३ नम्बर प्रदेश ईन्चार्ज लिलामणी पोखरेलले स्थानिय तहको निर्बाचन अधिकारको बिकेन्द्रिकरण लागी नभएर हस्तान्तरणको लागी भएको बताएकाछन । १५ वैशाखमा हेटौंडा उप- महानगरपालिका- ४ नम्बर वडाको चुनावी प्रचार प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

जनताले खोजेको जस्तो सार्बभौम सम्पन्न जनसरकार निर्माणको लागि स्थानिय तहको निर्बाचन गरिएको बताउदै उहाँले एमाले र काँग्रेसलाई तानेर मतदान हुन दिन बाध्य पारिएको बताए । एमाले काँग्रेसले स्थानिय चुनाब भन्दा पनी संसदिय चुनाब गराउन चाहेको र यसबाट नै संबिधान कटौंती गरेर स्थानिय सरकार आउनै नदिे षड्यन्त्र गर्न खोजेकोले माओबादी केन्द्रले तत्कालै चुनाब सम्पन्न गराउन पहली कदम अघि सारेको बताए ।

हेटौंडा उपमनपाका मेयरका उम्मेदवार बलराम बलले जनयुद्ध र आसन्न स्थानिय तहको रणनीति उस्ता उस्तै रहेको बताए । उनले हिजोको गणितिय अंक मान्नेहरुले यस चुनाबलाई ७० सालको जस्तो फुटेको माओबादीको आंकलन नगर्न आग्रह गर्दै ६४ को जस्तो जुटेको माओबादी भएको दाबी गरे । उनले अब माओबादीले एकढिक्का भएर बिकासको मूल फुटाउने बताउनुभयो । पाईप लाईनबाट ग्यास पठाउने भन्दै १८ घण्टा लोडसेडिङ गर्नेलाई सुन्ने र उज्यालो नेपाल निर्माण गर्न सफल माओबादीलाई चुन्न आग्रह गरे ।