Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा बर्तौला

237173269_106282793445487-1629121033.jpg

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको अध्यक्षमा श्रवण कुमार बर्तौला चयन भएका छन् ।

३२ साउनमा हेटौंडामा भएको २२ औं जिल्ला सम्मेलनले बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटि गठन गरेको छ । यसैगरी कमिटिको उपाध्यक्षमा रोजल तामाङ र अञ्जु तुम्सिङ, कोषाध्यक्षमा बुद्धराज अर्याल, सचिवमा मोहनचन्द्र चौलागाई, सहसचिवमा राजेन्द्र मोक्तान, झलक छत्कुली, शासन सापकोटा, मुकेश गोले रहेको जनाइएको छ ।

जिल्ला संयोजक आकाश पाख्रिनकाे अध्यक्षतामा भएको कार्यकममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रंजित तामाङको प्रमुख अतिथ्यता रहेको थियो ।

सम्मेलनमा बागमती प्रदेश सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतम लगायत विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।