Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

अंगिकृत नागरिकता: नारायणकाजी श्रेष्ठ नै संविधान संशोधनको विपक्षमा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एंव पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले अंगिकृत नागरिकता लिएकाले १० वर्ष नेपालमा बसेपछि राष्ट्रप्रमुख समेत हुन पाउने गरी गरिएको संविधान संशोधन प्रस्तावमा असहमति जनाएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा उनले अंगिकृत नागरिकता लिएको मान्छे राष्ट्र प्रमुख, सरकार प्रमुख हुने गरी संविधान संशोधन गर्नु नहुने बताएका छन्। उनले लेखेका छन्, अंगिकृत नागरिकता लिएकालाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउने गरी संविधान संशोधन हुन सम्भव छैन। हुँदै हुँदैन। 

सरकारले अंगिकृत नागरिकता लिएकालाई पनि १० वर्षपछि राष्ट्र प्रमुख, सरकार प्रमुखजस्ता संवैधानिक पदमा पुग्न योग्य हुने गरी संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चालाई दिएको खबर सार्वजनिक सामाजिक सञ्जालमा त्यसो गर्न नहुने भन्दै विरोध भइरहेको छ



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg