Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

 मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

karent-1618205868.jpg

 मकवानपुरमा करेन्ट लागेर  दुइ जनाकाे मृत्यु भएको छ ।

 मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु भएको हाे ।

करेन्ट लागेर मृत्यु हुनेमा हेटौंडा-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।

प्रवक्ता रिमालका अनुसार ३० चैत बिहान पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रमममा करेन्ट लागेर मृत्यु भएको हो ।