nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म

premgeet-1626868459.jpg

पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको छ । साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।

कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो । सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो । मुस्ताङको यात्रामा निस्किएका दुईजना अपरिचित पात्र प्रेम र गीतको प्रेम सम्बन्धको कथा यसले पेश गर्छ । घरेलु बक्सअफिसमा समेत यो फिल्म हिट भएको थियो ।

युट्युवमा कीर्तिमान राखेपछि निर्माता सेनले दर्शकलाई धन्यवाद दिएका छन् । प्रेमगीतको तेस्रो सिक्वेलसम्म निर्माण भएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)