Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

‘पाःल्वँ’ को संरक्षणका युवाहरु जुटे 

PLA-1504173790.jpg

थाहा नगरपालिका वडा नं २ नेवार वस्तीका युवाहरु पालुङको चिनारीका रुपमा रहेको पाःल्वँ को संरक्षणका लागि जुटेका छन् । पालुङ उपत्यकाको नामांकरण संग जोडिएको ऐतिहासिक पाल्वः संरक्षणको अभावमा ओझेलमा परेको भन्दै त्यस क्षेत्रका युवाहरु त्यसको संरक्षणकामा लागेका हुन् । 

सामाजिक उत्तरदायित्व वहनगर्दै सांस्कृतिक क्षेत्रको संरक्षणका लागि गठन भएको पालुङ युवा समाज, पालुङको नेतृत्वमा पाःल्वँ वरीपरी सरसफाइ गर्ने रेलिङ र वारहरुमा रंगरोगन गर्ने तथा वत्ति जडान लगाएतका काम भइरहेको समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठले जानकारी दिए । पाल्वःकै नामबाट पालुङ उपत्यकाको नाम रहन गएको किम्वदन्तीहरु पाइन्छ । उक्त पाःल्वमा पाण्डवहरुको बनवासको सिलसिलामा यस स्थानमा आई बास बसेको भन्ने कथन पनि छ भने पाटनको कृष्ण मन्दिरको आँगन बनाउनको लागि प्रयोग गर्ने भनि बोकि ल्याएको भन्ने भनाई पनि छ नेवारी भाषामा पाल्वको अर्थ फराकिलो ठूलो ढुंगा भन्ने हुन्छ । 

यसको संरक्षणार्थ रुपचन्द्र विष्टले सो स्थानमा बध गर्न निषेध गरिएको पाकापुस्ताहरु बताउँछन् । वि.सं. २०५२ सालमा स्थानिय पाःल्वँ युवा क्लवले आफ्नै स्रोत साधनले संरक्षण गरे पश्चात यसको संरक्षणको लागि उल्लेख्य कार्य भएको पाएको छैन तथा हाल सम्म स्थानिय निकाय तथा सरोकारवालाको यस स्थान तर्फ ध्यान पनि गएको पाइएको छैन ।

ऐतिहासिक तथा पालुङ उत्यकाको चिनारीसंग जोडिएको यस सम्पदाको संरक्षण र प्रवर्धनको खांचो रहेको बताउदै समाजका अध्यक्ष श्रेष्ठले त्यसका लागि स्थानियले पनि उचित ध्यान दिनुपर्ने बताए । पालुङ बाहिर रहेका युवाहरुको यस समाजको पहलमा पहिले पनि सरसफाई तथा छात्रवृत्ति प्रदान गर्ने जस्ता सामजिक कार्य गर्दै आएको र यसै सिलसिलामा आफ्नै सदस्यहरुको आर्थिक सहयोगमा उक्त काम भइरहेको पनि उनले जानकारी दिए ।