Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

‘किशोरी केन्द्रत कार्यक्रम संचालन गर्न तत्पर छौं’–गोपाली

ttttt-1507684400.jpg

थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपालीले किशोरी केन्द्रीत कार्यक्रमहरु संचालन गर्नको लागि नगरपालिका तथा वडाहरु प्रतिवद्ध रहेको बताएका छन् । अन्तराष्ट्रिय बालिका दिवसको पूर्व सन्ध्यामा २४ असोजमा संचारकर्मीहरुसंग यस्तो बताएका हुन् । आज २५ असोज अर्थात ११ अक्टोबर नेपाल लगायत विश्वरभर यो दिवस मनाइदै छ । 

वडा अध्यक्ष गोपालीले बालिका तथा किशोरी अवस्थामा सकारात्मक बाटोतर्फ उन्मुख गर्न सके भविष्यमा तिनै किशोरीहरु गाउँनगर हाँक्ने भएकोले सक्षम बनाउनु पर्ने उनको भनाइ थियो । यसका लागि नगरपालिकाले बालबालिका तथा महिलाको शीर्षकमा बजेट विनियोजन गरिएको जानकारी गराए । प्लान इन्टरनेशनलको सहयोग तथा रेडियो पालुङ र सामुदायिक रेडियो प्रशारक संघको आयोजनामा भएको छलफलमा अध्यक्ष गोपालीले यस्तो बनाएका हुन् । 

 कार्यक्रममा शिक्षक लक्ष्मी ढकालले किशोरीहरुको लागि ठोस योजना निर्माण गरेर अघि बढ्न सके परिवर्तन संभव हुने बताइन् । विद्यालयहरुमा किशोरी स्वास्थ्यलाई मध्येनजर गरेर लैङ्गिक शिक्षिका ने तोकी सहजीकरण गरिरहेको उनले सुनाइन् । केही समय किशोरी कक्षामा समेत सहजीकरण गरेकी शिक्षिका ढकालले त्यस्ता कक्षामा सहभागी भएका किशोरीहरु निकै सक्रिय रहेको अनुभव सुनाइन् । 

कार्यक्रममा थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले किशोरीहरुले अवसर पाउने किसिमको कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने बताए । उनले किशोरी वा केटी भएकै कारण कुनै पनि अवसरबाट वञ्चित हुन नहुने बताए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०