Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

८५ किलो गाँजा सहित हेटौंडाबाट एकजना पक्राउ

मकवानपुरको हेटौंडा स्थित थाना भ¥याङबाट ८५ किलो गाँजा सहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–१ घर भई हाल चितवनको ईच्छा कामना गाउँपालिका–७ बस्ने ३० वर्षीय गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ८५५६ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डको मोबाईल टोलीले चेकजाँच गर्ने क्रममा कारको पछाडी डिक्कीमा लुकाएर गाँजा ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

थापाले २ लाख रुपैँया पाउने लोभमा उक्त परिमाणको गाँजा ज्यामिरेबाट बाराको पथलैयासम्म पुर्याउने जिम्मा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०