Tuesday, 8th September, 2026
वि.स.

८१ केजी गाँजासहित राक्सिराङबाट साह पक्राउ

gaja-1566292702.jpg

राक्सिराङ गाउँपालिका ३ मा पर्ने पलाँसे बसपार्कबाट प्रहरीले ८१ केजी गाँजासहित एकजनालाई पक्राउ गरेको छ । लागू औषध गाँजा ८१ केजि ७६० ग्रामसहित सप्तरी जिल्ला डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ९ बस्ने ४० बर्षीय घुरन साह पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ । 

त्यसैगरी हेटौंडा १५ रोतोमाटेबाट चारजना भारतीय नागरिकलाई २१ केजी ५ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । उनीहरु चढ्ने कार पनि पक्राउ भएको छ । कार र गाँजा सहित कारचालक भारत मोतिहारी नयाँटोल बस्ने बर्ष २५ को मुकेश सहनी, सोही स्थानका कारमा सवार बर्ष २५ को राज कुमार, भारत मोतिहारी चिन्तामनपुर हरी सिद्धी बस्ने बर्ष ३५ को ओम प्रकाश चौधरी र जिल्ला पर्सा बिन्दवासीनी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष ५० को जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए । 

हेटौंडाबाट बिरगन्ज तर्फ जाँदै गरेको एच आर ५१ एल ५२४१ नम्बरको भारतीय कारलाई शंका लागि चेक जाँच गर्दा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई प्लाष्टिकको पोकामा लुकाई ल्याउँदै गरेको लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०