nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

६४ जनालाई स्काउट पाेसाक

IMG_20231008_213413-1696781156.jpg

नेपाल स्काउट बागमती प्रदेशले मकवानपुरमा रहेको २ वटा विधालयमा नयाँ स्काउट इकाई संचालन गर्न प्रोत्साहन स्वरुप स्काउट पोशाक वितरण गरेेकाे छ ।

मकवानपुरगढी गाउँपालिका वडा नं ५ धादिङमा रहेको शारदा माविका ३२ जना र हेटौंडा उपमहानगर पालिकाको वडा नं नकौलीस्थित आधारभूत विधालयका ३२ जना गरी ६४ जना छात्र र छात्रालाई भिन्नभिन्नै कार्यक्रममा पोशाक वितरण गरेको हो ।

सानै उमेरबाट नै सामाजिक भावनाको विकाश गरी अनुशासित, नैतिकवान र जिम्मेवार नागरिक बनाउन विभिन्न जीवनाेपयोगी सिप सिकाउदै विपदमा सहायता प्रदान गर्न सक्ने स्वंयसेवक निर्माण गर्न स्काउट पोशाक वितरण गरेको बागमती प्रदेश सदस्य अशोक सारु मगरले बताए ।

शारदा माविका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीकाे सभाध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सदस्य अशोक सारु मगर , मकवानपुर गढी गापा ५ नं वडा अध्यक्ष, विधालय व्यवस्थापन समिति सदस्य नवराज न्यौपाने, नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र राना, स्काउटर अनिल आचार्य , निशा गौतम , प्रदेश कायर्यालय सहायक प्रमुख शौरभ अधिकारी विधालयका सहायक प्रअ देवनायक शर्मा, स्काउटर रमन झा, शिक्षक रजनी दुलाल र आशिष घलान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका सदस्य इश्वरी रसाइलीले स्काउटलाई आवश्यक सहयाेग गर्ने बताए ।

हेटौंडा उपमहानगरपालिकास्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीको सभाध्यक्ष्यतामा र कार्यपालिका सदस्य इश्वरी रसाइलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा १ नं वडा पालिका सदस्य रामकृष्ण अधिकारी, बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, कार्यालय प्रमुख शोभा लामिछाने, सहायक शौरभ अधिकारी, विधालय व्यवस्थापन अध्यक्ष इन्द्र बहादुर पाख्रिन, १ नं वडा पालिका सदस्य सोनाम सिं ब्लोन, स्काउटर सिता ब्लोन, अनिल आचार्य, निशा गौतम र इश्वर लामिछाने लगायतकाे सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)