Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

५२ किलो लागूऔषध गाँजासहित हेटौंडामा चार जना पक्राउ

मकवानपुर प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईको जंगलमा प्रहरी देखेपछि भाग्दै गरेका उनीहरुलाई हवाई फायर गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी शुसिलसिंह राठौरले जानकारी दिए ।

विशेष सूचना आधारमा गएको प्रहरी टोली देखेपछि डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतिय कारमा सवार उनी भाग्न खोजेका थिए । प्रहरीले कार चालक भारत मोतिहारीका ३७ बर्षीय दिलिपकुमार सिंह, उज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका-४ का २४ बर्षीय विकास सिंहलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट अन्दाजी ३२ किलो गाँजा बरामद गरिएको छ ।

यस्तै हेटौंडा-१५ बाटै लागूऔषध गाँजा तस्करमा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ५ का ३५ बर्षीय राजकुमार मोक्तान छन् । उनको साथबाट २१ किलो गाँजा र बा ५ ख ७२६८ नम्वरको ट्रक नियन्त्रणमा लिइएको छ ।

गस्तीमा गएको प्रहरी टोलीले हेटौंडा-१५ रातोमाटे जंगलबाट उनलाई नियन्त्रणमा लिएको एसपी राठौरले बताए । ट्रक चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०