Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

५० प्रतिशत अनुदानमा इन्द्रसरोवरका किसानहरुलाई कृषि सामाग्री

Agro-1526557114.jpg

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पकेट बिकास कार्यक्रम अन्तर्गत अनुदानमा कृषि सामाग्री बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का किसानहरुलाई कृषि सामाग्रीहरु बितरण गरिएको हो । 

हातेमालो तरकारी पकेट क्षेत्र सन्चालक समिती र खड्बु तरकारी पकेट क्षेत्र सन्चालक समितिको आयोजनामा भएको कार्यक्रममा जोन परियोजनाले आर्थिक बर्ष २०७४र०७५ को पकेट बिकास कार्यक्रम अन्तर्गत वडा नं ५ का कृषक समुहरुलाई कृषी सामग्री बितरण गरिएको हो । 
कृषि सामग्री अन्तर्गत हातेमालो तरकारी पकेट क्षेत्र सन्चालक समिती र खड्बु तरकारी पकेट क्षेत्र सन्चालक समिति अन्तर्गतका किसानहरुलाई  मल्चिन थोपा सिंचाइ सेट २७ जनालाई, इलेक्ट्रोनिक पम्प ३१ जनालाई, प्लास्टिक टनेल १० जनालाई प्रदान गरिएको छ भने हातेमालो तरकारी पकेट क्षेत्रका जलेश्वर कृषि समुह र साझेदारी कृषि समुहलाई  २ वटा ट्र्याक्टर बितरण गरिएको ५ नं वडा कार्यालय सहायक हिरालाल बलामीले जानकारी दिए ।

५ नं वडाका वडा अध्यक्ष धनराज महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका कृषि प्रमुख रामकुमार शाहको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम ईन्द्रसरोवर गाउँपालिका ५ नं वडा कार्यालयको आर्थिक सहयोग, ईन्द्रसरोवर गाउँपालिका कृषि बिकास शाखाको प्राबिधिक सहयोगमा सन्चालन भएको हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।