nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

४ दिनमा एम्बुलेन्सका लागि सहयोग रकम १७ लाख नाघ्यो, एकै व्यक्तिद्वारा पाँच लाख सहयोग

ambulance-abhiyan-1541928349.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारमा एबुलेन्स सञ्चालनका लागि शुरु गरिएको आर्थिक संकलन अभियानको क्रममा आज चौंथो दिनको मध्यान्हसम्म १७ लाख रुपैया नाघेको छ । हिजो शनिबार बेलुकासम्म करिव १० लाख रकम संकलन भएकोमा आज आइतबार मध्यान्हसम्म १७ लाखभन्दा बढी रकम संकलन भएको ओखरबजार स्वास्थ्य सेवा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानले बताए । 
एम्बुलेन्स व्यवस्थापनका लागि ओखरबजारका एकै व्यक्तिले आइतबार ५ लाखबढी सहयोग गरेका छन् । ओखरबजारका विवश अमात्यले सुनमाया स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स सञ्चालन अक्षय कोषमा रहने गरी ५ लाख २५ हजार ५ सय ५५ रुपैया  सहयोग गरेको अध्यक्ष प्रधानले बताए । अमात्यले एम्बुलेन्स सेवा सञ्चालनका लागि प्रत्येक वर्ष २५ हजार रुपयाँ सहयोग गर्ने पनि घोषणा गरेका छन् । त्यस्तै,  हाल अमेरिकामा रहेका हरिहरमान श्रेष्ठले पिता हिलालाल र छोरी अभानीको तर्फबाट एम्बुलेन्स सेवाका लागि ६० हजार रुपैया सहयोग उपलब्ध गराएका छन् । उनले बार्षिक १५ हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका छन् । 
नेपाल सम्वत् ११३९ को शुभारम्भसँगै ओखरबजारका युवाहरुले गाउँमा निःशुल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनको योजना बनाएका थिए । सोही योजनाबमोजिम सामाजिक अभियन्ता सुरेन्द्रमान प्रधानको अध्यक्षतामा जर्म श्रेष्ठ उपाध्यक्ष, मोहन प्रधान सचिब र सुरेन्द्र श्रेष्ठ कोषाध्यक्ष रहेको २१ सदस्यीय ओखरबजार स्वास्थ्य सेवा संस्था गठन गरेको छ । एम्बुलेन्ससहित स्वास्थ्यसम्बन्धी अन्य गतिविधिका लागि संस्थागत विकासको प्रक्रियासमेत अघि बढाएको अध्यक्ष प्रधानले बताए । 
एम्बलेन्स सञ्चालनका लागि आर्थिक अभियानअन्तर्गत ओखरबजारको प्रत्येक घरबाट रकम संकलन गर्ने, एम्बुलेन्स खरिद प्रक्रियासँगै वृहद् अक्षय कोष सञ्चालन गर्ने र हरेक वर्ष नियमितरुपमा रकम सहयोगका लागि स्वघोषणा गराउने गरी कार्यक्रम अघि बढेको संस्थाले जनाएको छ । ओखरबजारका बासिन्दालाई निःशुल्क र अन्यलाई शुलभ ढंगले एम्बुलेन्स सेवा सञ्चालन गर्ने गरी अभियान संचालन गरिएको संस्थाका उपाध्यक्ष जर्म श्रेष्ठले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)