Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

३ नम्बर प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता

३ नम्बर प्रदेश सरकार र नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रले सार्वजनिक–निजी–साझेदारी प्रारुपमा सहकार्य गर्ने सम्झौता गरेका छन् । १८ माघमा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका हुन् । 

कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार गफमा हैन काममा विश्वास गर्ने बताए । सार्वजानिक–निजि–साझेदारी अवधारणा प्रति सकारात्मक रहेकोले यसमा धेरै आशा रहेको पनि बताए । उनले भने–‘अब हामी गफ हैन ‘एक्सन’मा जान्छौं, काम हुन्छ ।’ धेरै काम निजी क्षेत्रसंगको सहकार्यमा गर्नका लागि सरकार तयार रहेको समेत उनको भनाई थियो । कार्यक्रममा आर्थिक मामिला तथा योजनन मन्त्री कैलाशप्रसाद ढुंगेलले सबैपक्ष मिलेर गरे धेरै फड्को मार्न सकिने बताए । नीजि क्ष्ोत्रसंग हातेमालो कामय राखे धेरै उपलब्धी हुने उहा“को भनाई थियो ।

निजी क्षेत्रसंग सहकार्य गरेर काम गर्नका लागि तयार भएकाले सम्झौता गरिएको उहा“को भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको क्षेत्रमा सरकारसंग सहकार्य गर्न पाउ“दा आफूलाई खुशी लागेको बताउनुभयो । कृषि र पर्यटनको सम्भावना बोकेको कृषि र पर्यटन क्षेत्र लगायतका क्षेत्रमा सहकार्य गर्न उद्योग वाणिज्य महासंघ सधैं तयार रहेको स्पष्ट पारिन् ।
५ वर्ष भित्रमा १० लाख युवाहरुलाई रोजगारी दिने संघीय सरकारका योजनालाई ३ नम्बर प्रदेश र उद्योग बाणिज्य महासंघ बिच भएको सम्झौताले सहयोग पु¥याउने उनको भनाई थियो ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०