Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

२ लाख ३३ हजार मतदाता मकवानपुर जिल्लामा

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा २ लाख ३३ हजार ६ सय २५ जना मतदाता रहेको जनाएको छ । निर्वाचन आयोगले चैत्र ५ गतेसम्म जिल्लाका सबै गाउँपालिकामा के कति मतदाता रहेकाछन् भन्ने पुर्ण विवरण आउने जनाएको छ । आयोगको अनुसार मकवानपुरमा १ लाख १८ हजार ९ सय ९६ जना पुरुष, १ लाख १४ हजार ६ सय २४ महिला र ५ जना तेश्रो लिङ्गी मतदाता रहेको जनाएको छ ।