nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

२६ स्थानीय तहले बजेट नै पेश गरेनन् [हेर्नुहोस विस्तृत विवरण]

mmmm-1566352897.jpg

आर्थिक वर्ष २०७६/०७७ बजेट अहिलेसम्म  २६ स्थानीय तहले पेश गरेका छैनन् ।
  
ऐन बमोजिम बजेट पेश नगर्ने स्थानीय तहहरुमा सबै भन्दा बढि प्रदेश–२ मा २० वटा रहेको छ । त्यसपछि प्रदेश ३ मा ३ वटा, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा १/१ वटा स्थानीय तह रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विवरण प्रकाशन गरेको छ । 

प्रदेश ३ मा काभ्रे जिल्लाकै मात्र दुई वटा स्थानीय तह रहेका छन् । काभ्रेका तेमाल र खानीखोला गाउँपालिका छन् भने भक्तपुरको मध्येपुर थिमी नगरपालिका रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

त्यसैगरी बजेट पशे भएको भनिएको तर कुन मितिमा पेश भएको भन्ने उल्लेख नभएको प्रदेश ३ का मकवानपुरका सहित ४ वटा स्थानीय तह रहेका छन् । मिति उल्लेख नभएको स्थानीय तहहरुमा मकवानपुरको बकैया गाउँपालिका, काठमाण्डौंको चन्द्रागिरी र नागार्जुन तथा नुवाकोटको बेलकोटगढी नगरपालिका रहेको मन्त्रालयले जनाएको छ । 

संविधानको धारा ५९ को उपधारा उपधारा (३) मा ‘संघ प्रदेश स्थानीय तहले आ–आफ्नो बजेट बनाउनेछन् र प्रदेश र स्थानीय तहले बजेट पेश गर्ने समय संघीय कानून बमोजिम हुनेछ’ भन्ने व्यवस्था रहेको छ । त्यस्तै स्थानीय सरकार संचालन ऐन २०७४, को दफा ७१ को उपदफा (१) मा अन्तर सरकारी वित्त व्यवसथापन ऐन, २०७४ को दफा २१ को उपदफा (३) ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामि आर्थिक वर्षको लागि असार महिनाको १० गतेभित्र राजश्व र व्ययको अनुमान सम्बन्धति गाउँ÷नगरसभामा पेश गरी स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने व्यवसथा रहेको छ । 

हेर्नुहोस विस्तृत विवरण:

 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)