Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

२५ जना भन्दा बढी मलामी जान नपाइने

malamiii-1584695949.jpg

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा हालसम्म त्यसको पुष्टि नभए पनि सुरक्षाका लागि सरकारले विभिन्न उपायहरु अपनाउन थालेको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन नपाइने घोषणा गरिसकेको छ साथै विद्यालय तथा विश्वविद्यालयको परीक्षा पनि स्थगित गरिसकेको छ ।

हिन्दु धर्मावलम्बीको पवित्रस्थल पशुपतिनाथ मन्दिरको आर्यघाटमा २५ जना भन्दा बढी मलामी जान रोक लगाइएको छ । आर्यघाटमा २५ जना भन्दा बढी मलामी नजानलाई आग्रह गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । नेपाल सरकारले गरेको घोषणा पशुपति विकास कोषले पनि लगाएको उनले जानकारी दिए । घाटमा मलामी जानैपरे पनि भिडभाडको दुरी मिलाएर बस्न हुनलाई आग्रह गरिसकेको उनको भनाइ छ ।

यस्तै मन्दिरमा नियमित पूजाअर्चना जारी रहने र मन्दिर बन्द नगरी दर्शनार्थीलाई केही दुरी बनाएर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइने भएको छ । कोभिड–१९ को रोकथामको लागि हात धुने पानी तथा सेनिटाइजर पानी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीलाई दुरीको व्यवस्थापन गरेर मन्दिर भित्र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि ढकालले बताए। उनका अनुसार मन्दिर बन्द हुदैन, दर्शनार्थीलाई भिडभाड नगर्न आग्रह गरिएको छ । मन्दिर भित्रको भिडभाडलाई व्यवस्थापन गर्न सुरक्षा निकायलाई जिम्मेवारी दिइसकेको उनले प्रष्ट पारे । विगतमा भन्दा केही दर्शनार्थीको केही दिनयता कमी भएको उनले जानकारी दिए । ‘भाइरसको हल्ला भएपछि दर्शनार्थीको पनि चाप घटिसकेको छ,’ उनले भने ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०