Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

१६ बालबालिकासहित १०१ पैदल यात्रीलाई थाहानगरको सहयोग 

Trucka-Chitlanag-1587177723.jpg

धादिङबाट सर्लाहीको लालबन्दी नगरपालिकासम्म जानको लागि हिँडेका पैदल यात्रीलाई थाहा नगरपालिकाले यातायातको व्यवस्था गरेकोे छ । उनीहरुलाई मकवानपुर जिल्ला सीमाना चुरियासम्म यातायातको व्यवस्था गरेर ६ वैशाख विहान पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनीहरुलाई तीनवटा गाडीमा राखेर पठाइएको हो । त्यहाँँदेखि घरघरसम्म पु¥याउनको लागि लालबन्दी नगरपालिकाले गाडी पठाउने व्यवस्था गरिएको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिए । प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा पैदलयात्रीहरुलाई गाडीमा मकवानपुरको चुरेसम्म पु¥याउन लागिएको प्रमुख विष्टले बताए । प्रमुख विष्टले भने–‘त्यहाँदेखि सर्लाहीसम्म पुग्नको लागि लालबन्दीका मेयरसंग कुरा भएको छ, गाडी पठाउँछु भन्नु भएको छ ।’ 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि घर जान हिँडेका १ सय एकजना उनीहरु ५ वैशाख साँझ थाहा नगरपालिका ९ चित्लाङ आइपुगेका थिए । १६ जना बालबालिकासहित आएका उनीहरुलाई बेलुकीको खाना र बासको व्यवस्था थाहानगरले  गरेको थियो । उनीहरु धादिङ जीवनपुरको विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुरहरु भएको बताएका छन् । चित्लाङमा खाना, बासको र ६ वैशाखमा यातायातको संयोजन वडा अध्यक्ष परशुराम श्रेष्ठले गरेका थिए । 

मजदुरहरु सबैको राती नै स्वास्थ्य परीक्षण गरिएको चित्लाङ स्वास्थ्य चौकीका अहेब महेश्वर लामिछानेले बताए । जाँचेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अहेब लामिछानेले बताए । ‘थाहा नगरपालिका प्रवेश गर्ने नाका चित्लाङमा हेल्थ डेस्क छ, हामी स्वास्थ्य परीक्षणका लागि खटिइरहेका छौ’, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भने–स्वास्थ्य जाँच गरेर मात्र पठाउने नगरको नीति नै छ ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०