nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१५ साउनमा थाहाका ५०० उद्योगी–व्यवसायी र सहकारी कर्मचारीलाई खोप लगाइँदै (अनलाइन फारामको लिङ्कसहित)

GettyImages-1229654490-13-1627619072.jpg

१५ साउनमा थाहानगरका ५ सय उद्योगी–व्यवसायी र सहकारीमा कार्यरत कर्मचारीलाई भेरोसेल खोप लगाइँदै छ ।

विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म थाहानगर उद्योग वाणिज्य संघको कार्यालय शिखरकोटमा खोपको पहिलो डोज लगाउने कार्यक्रम राखिएको थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

खोप लगाउन अनलाइन फाराम भरेर सोको स्कीन सर्ट र कुनै पनि निकायमा आफ्नो व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि वा सोको पनि फोटोसहित अन्य परिचय खुल्ने परिचयपत्र बोकेर आउन संघले व्यवसायीहरुलाई आग्रह गरेको छ । 

संघको कोटामा प्राप्त खोप १८ वर्षदेखि माथि सरकारले खोप लगाउन अनुमति दिएका उमेर समुहसम्मका एक व्यवसायी फर्मका एक जनालाई उपलब्ध गराउने  संघले जनाएको छ ।  

खोपको लागि अनलाइन फाराम भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् । 

https://vaccine.mohp.gov.np/



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)