nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

१२ पास नगरेसम्म मोबाईल बोक्न नपाउने धारणा

IMG_20181121_131950-1542785846.jpg

मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजि अभियन्तहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाउनु पर्ने कानुन निमार्ण हुन जरुरी रहेको भन्दै कडा रुपमा आफ्नो धारण प्रस्तुत गरेका हुन् । बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसस्थाले आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा वाल विवाह बढेको अभियन्तहरुले बताएका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ ।

सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।’

अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन्। बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनको भनाइ छ ।मोबाइलकै कारणबाट बैतडीको सीमा(नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा बाल विवाह गर्ने २४ जना किशोरकिशोरीहरुलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

 

सभार जनबोलिबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)