nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

होम आइसोलेशनमा रहेका थाहानगरका एक पुरुषको मृत्यू

IMG_20201023_181357-1603456190.jpg

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ३ का कोरोना भाइरस कोभिड–१९ संक्रमित एक जना पुरुषको गए राति मृत्यु भएको छ । रिपोर्ट अनुसार उनी ४३ वर्षिय पुरूष हुन् ।  ४ कात्तिकमा काठमाडौंस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा कोरोना पुस्टि भएपछि उनी होम आइसोलेसनमा बस्नेगरी थाहानगर फर्किएका थिए । 

करिब २ सातादेखि ज्वरो आएर निको नभएपछि उनी ३ कात्तिकमा उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल गएका थिए । अस्पतालमा स्वास्थ्य जाँच गर्दा उनीमा छातीको संक्रमण देखिएको उनका आफन्तले बताएका छन् । भोलिपल्ट पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि आफन्तले अस्पतालकै आइसोलेशन बेडमा बस्न सुझाव दिए पनि उनी घर फर्किएका थिए । 

६ कार्तिक बेलुकाबाट स्वासप्रस्वासमा समस्या देखिएको पारिवारिक श्रोतले बताएको छ । उनको राती साँढे १ बजे डाक्टरले मृत्यु भएको घाषणा गरेका थिए । बिहान जनप्रतिनिधि र प्रहरीको सहयोगमा चनवन व्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले शब व्यवस्थापन गरेको छ । 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)