Tuesday, 25th August, 2026
वि.स.

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातै जनाको मृत्यु

air-dynesty-2722019094243-1551262392.jpg

बुधबार दिउँसो ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टी  हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहित सातै जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुनकुमार घिमिरे र नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए ।

त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए । अर्को एउटा सबको खोजी भैरहेको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif