nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा बजारमा म्याद गुज्रिएका उपभोग्य वस्तु भेटियो

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले आज हेटौंडा बजारका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोर लगायतका कमी कमजोरी भेटिएको छ । 
अनुगमन टोलीले एक पटकका लागि सचेत गराउदै म्याद गुज्रिएका खाद्य पदार्थलाई सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गरेका थिए । हेटौंडा बजारमा रहेका करीब २ दर्जन विभिन्न किराना पसलबाट करीब १ लाख बराबरको म्याद सकिएका खाद्य सामग्री भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, प्रहरी नायब निरीक्षक विश्वनाथ यादब, घरेलु तथा साना उद्योग कार्यालयका प्रणय अर्याल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणका खाद्य प्राविधिक विक्रम लिम्बु, जगतप्रसाद चौधरी, दिनेश ढुङ्गाना, राष्ट्रिय उपभोक्ता मञ्चका महेश अग्रवाल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
जनताले सफा र स्वस्थ्यकर खाद्य सामग्री उपभोग गर्न सकुँन् भन्ने उद्देश्यले अनुगमन गरिएको प्रशासन कार्यालयका नायब सुब्बा आचार्यको कथन रहेकोेछ । मउवासंघका उपाध्यक्ष अग्रवालले व्यवसायिक संगठन मकवानपुर उद्योग वाणिज्य संघको खाद्य सामग्री सफा र स्वस्थ्यकर रहनुपर्नेमा आफूहरुको समेत दायित्व रहेकोले अनुगमनमा संघको तर्फबाट आफ्नो सहभागिता रहेको बताए ।