nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा देशकै सफा शहर

hetauda_4-1501559335.jpg

हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १ सफा सहरका रुपमा १७ साउनमा घोषणा हुने भएको हो । 

संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले यस्तो घोषणा गर्न लागेको हो । आर्थिक बर्ष २०७१–७२ मा हेटौंडाले एकमात्र सफा सहरको कदरपत्रसहित पाँच लाख रुपैंया पुरस्कार पाउन सफल भएको थियो ।

आर्थिक बर्ष २०७२–७३ मा सफा शहर घोषणा हुँदै वालिङ्ग, धनकुटा र ईलामले क्रमशः प्रथम, दोश्रो र तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।